बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उपकुलपति गिरी वास्तविक प्राध्यापक भए/नभएको पत्ता लगाउन र नपाएको पद आफूखुसी प्रयोग गरेकोमा दोषी ठहरिए कानुनी कारबाही गर्न माग गर्दै शुक्रबार उजुरी परेको हो ।