वीरगन्जमा रहेको मुलुककै दोस्रो ठूलो रंगशाला उपेक्षामा परेको छ । चालू आर्थिक वर्षमा सरकारले नारायणी रंगशाला पुनर्निर्माणका लागि शून्य बजेट विनियोजन गरेको छ । सरकारले बजेट नपठाउँदा पुननिर्माणको काम ठप्प छ । कर्मचारीले हाजिरी गरेर कार्यालयमा दिन काट्ने गरेका छन् ।