१३ जेठ, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष (आव) २०८०/८१ फागुनसम्म २ अर्ब ४६ करोडको चिया निर्यात गरेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा कृषिजन्य वस्तु अन्तर्गत चिया २ करोड ४ लाखको आयात हुँदा …
विराटनगर। पूर्वी तराईका किसान र व्यवसायी सीटीसी चियाको निकासी घटेपछि चिन्तित छन् । गतवर्ष यस समयमा सीटीसी चियाको निकासी भइसक्नेमा यो वर्ष किसान र व्यवसायीका गोदाममा थन्किएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा यसपालि चिया निकासी घटेको छ ।
गत आर्थिक वर्ष (आव) को ५ महीनाको तुलनामा यो वर्षको सोही अवधिमा ३८ करोड ३८ लाख रुपैयाँ कमको चिया निकासी भएको छ । निकासी परिमाण २८ लाख ८३ हजार १८२ किलोले घटेको छ । चालू आवको पहिलो ५ महीनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निकासी भएको छ ।
निकासी घटेको तथ्यांक र भारतीय व्यापारीले किन्न चासो नदेखाएपछि किसान र व्यवसायीलाई यसपालि चिया गोदाममै थन्किने हो कि भन्ने भयले सताउन थालेको छ । पछिल्ला तीन आवको तथ्यांक हेर्दा शुरू वर्षको तुलनामा दोस्रो वर्ष निकासी घटेको र तेस्रो वर्ष बढेको देखिन्छ ।
भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ । नेपालबाट भारतलगायत विश्वका २२ देशमा अर्थाेडक्स र सीटीसी चिया निकासी हुन्छ । अर्थाेडक्स भारत र तेस्रो मुलुक जान्छ भने सीटीसीको प्रमुख बजार भारत नै हो । नेपाल सरकारले भारत सरकारसँग सम्झौता गरी सीटीसी चिया निकासीमा अवरोध नहुने वातावरण बनाउनुपर्ने व्यवसायी बताउँछन् । यसो नगर्दासम्म स्वदेशी चिया उत्पादक र व्यवसायी ढुक्क हुन नसक्ने उनीहरूको भनाइ छ ।
चिया उत्पादन बढी भएको र भारतले ल्याब परीक्षणलगायतमा थोपर्ने शर्तले अहिले नेपाली सीटीसी चिया भारतीय बजारमा सहजै निकासी हुन नसकेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले बताए । उनी भन्छन्, ‘यो वर्ष चिया निकासी घटेको छ । जुन गतिमा चिया भारतीय बजारमा जानुपर्ने हो त्यो नहुँदा किसान र व्यवसायी तयार भएको चिया गोदाममा थन्क्याउन बाध्य छन् ।’
भारतीय चिया बोर्डले बेलाबेलामा अनेक बहाना निकालेर नेपाली चिया निकासीमा अवरोध गर्ने गरेको छ ।
झापाका किसान पर्वत डाँगी अहिले घरघरमा चिया स्टक रहेको बताउँछन् । बढ्दो उत्पादन लागत र भारतीय चिया जस्तै अक्शनमा भाग लिन नपाउँदा नेपाली चिया जहिले पनि भारतीय व्यापारीको मूल्यमा बेच्नुपर्ने बाध्यता छ । किसान र व्यवसायीका अनुसार नेपाली सीटीसी चियाको उत्पादन लागत प्रतिकेजी १६५ रुपैयाँ पर्छ । भारतीय व्यापारी ८५ रुपैयाँ किलोमा माग्छन् । यसले गर्दा यसपालि चिया विक्री गर्न नसकिएको उनीहरूले बताए । झापा हल्दिबारीको पाराखोपी साना किसान चिया सहकारी संस्थामा आबद्ध डाँगी र उनको समूहको २५० बिगाहामा चिया बगान छ । उनीहरूले वार्षिक ६ लाख किलोसम्म चिया विक्री गर्छन् ।
नेपाली चिया परीक्षण गराउन कोलकाता लैजानुपर्छ । निकासीमा धेरै किसिमका झन्झट छन् । सरकारले भारत सरकारसँग चियाका सबै अवरोध हटाउने गरी सम्झौता गरे मात्र यो समस्याको दीर्घकालीन समाधान निस्कने नेपाल टी प्लान्टर एशोसिएशनका अध्यक्ष उदय चापागाईंले बताए । नेपाली सीटीसी र अर्थाेडक्स चिया भारतीय व्यापारीले किनेपछि अन्य चियामा मिसाउने गरेकाले भारतीय टी बोर्ड नेपाली चियाप्रति सकारात्मक बन्न नसकेको हो । चियाको गुणस्तरमा नेपाली किसान र व्यवसायीले ध्यान दिए चीनमा पनि निकासी गर्न सकिने उनले बताए । चापागाईंका अनुसार प्रदेश १ को २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चिया मेची भन्सार नाकाबाट निकासी हुन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट आव २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख र २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँको चिया निकासी भएको छ । आव २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख ६७ हजार रुपैयाँको १ लाख ६५ हजार ९४९ मेट्रिक टन चिया निकासी भएको तथ्यांक छ ।
नेपालको चियालाई भारतले सेन्ट्रल फुड ल्याब कोलकातामा परीक्षण गराएर मात्रै निकासीको अनुमति दिने गरेको छ । उक्त ल्याबबाट गुणस्तर परीक्षण गरेरै नेपालका निकासीकर्ताले भारतमा चिया निकासी गर्दै आएका छन् । तर, आफ्नै...
काठमाडौँ– यस वर्ष भारतमा चिया निकासी प्रभावित हुने संकेत देखिएको छ । भारतीय आयातकर्ताले यसवर्ष नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्, जसका कारण उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य भएका छन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो । भारतमा गत वर्ष लकडाउनका कारणल…
काठमाडौँ- यस वर्ष भारतमा चिया निकासी प्रभावित हुने संकेत देखिएको छ । भारतीय आयातकर्ताले यसवर्ष नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्, जसका कारण उत्पादकहरू गोदाममा चिया थन्क्याउन बाध्य भएका छन् । गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो । भारतमा गत वर्ष लकडाउनका कारणले बगान…
इलाम । विगतका वर्षमा यसपटक चियाको दोस्रो टिपाइ गर्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने पहिलो टिपाइबाटै किसानले उल्लेख्य आम्दानी बटुल्थे । यसपटक विगतझैं भएन ।
चियाको पहिलो टिपाइ फस्टाउन फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गतवर्ष तीन हजार किलो हरियो पत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । शायदै त्यो मौसममा (फागुन महीना) पानी परेको भए यसपटक चिया बढ्थ्यो,’ उनले भने ।
चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लगाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए ।
‘पानीको त मुख्य समस्या नै भयो, तर मल अभाव हुँदा पनि चिया घटेको छ,’ कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अग्र्यानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् । तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नुपर्यो ।
उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ । तर यसपटक भने कोरोनाका कारण सहज रूपमा चिया निकासी भएको छैन । कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि संख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरू बेला यहाँबाट गएको चिया अधिकतम मात्रामा विक्री हुन्थ्यो,’ सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’
चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानुपर्छ । तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो, त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो । तर यसपटक हालसम्म पुग्न सकेको छैन ।
देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरीदकर्ताले चाहेको समयमा चिया पुर्याउन नसक्दा विक्री नहुने सम्भावना बढी हुन्छ । यसका लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालू आर्थिक वर्ष २०७७/७८ मा ९ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा ३ अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट २ अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले बताएको छ । रासस
वैशाख २७, इलाम । विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन ।
चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गत वर्ष तीन हजार किलो हरियोपत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । सायदै त्यो मौसममा (फागुन महीना) पानी परेको भए यस पटक चिया बढ्थ्यो’, उनले भने ।
चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए ।
‘पानीको त मुख्य समस्या नै भयो तर मल अभाव हुँदा पनि चिया घटेको छ’, कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अर्गानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नु पर्यो ।
निकासीमा उस्तै लफडा
उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ तर यसपटक भने कोरोनाका कारण सहजरूपमा चिया निकासी भएको छैन ।
कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि संख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरुबेला यहाँबाट गएको चिया अधिकतम मात्रामा बिक्री हुन्थ्यो’, सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’
चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानु पर्छ तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो तर यसपटक हालसम्म पुग्न सकेको छैन ।
देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरीदकर्ताले चाहेको समयमा चिया पु¥याउन नसक्दा बिक्री नहुने सम्भावना बढी हुन्छ । यसको लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालु आर्थिक वर्ष ०७७र ७८ मा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा रू. तीन अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्ष ०७६ ०७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट रू. दुई अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ । रासस
चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म तीन अर्ब छ करोड रुपियाँ बराबरको नेपाली चिया विदेश निर्यात भएको छ । यो अवधिमा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निकासी भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो ।
कोभिड–१९ का कारण गत आर्थिक वर्षमा कम निकासी भएको चिया चालू आर्थिक वर्षमा निकासी केही सहज भएकाले निकासी दर पनि बढेको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा
चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर शाखा स्थापना गरेको हो ।
चिया किसान, उद्योगी र बजारको आ–आफ्नै समस्या झेल्दै आएको चिया क्षेत्रले चिया शाखा र सचिवालय पाएसँगै चियाको समस्या हल हुने अपेक्षा लिइएको छ । नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यको संयोजकत्वमा गठन गरिएको सचिवालयमा किसानका प्रतिनिधि, चिया उद्योगीका प्रतिनिधि, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र नगरपालिकाका उद्योग अधिकृत सदस्य सचिव छन् ।