बाँके : कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालहरूमा थप १२ जनाको मृत्यु भएको छ।संक्रमित बिरामीहरूको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ११ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी १२ जनाको मृत्यु भएको अस्पतालले जनाएका छन्। मृत्यु हुनेमा बाँकेका ६ बर्दियाका ४ जना तथा दाङ र कैलालीका १/१ जना छन्।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरूमा जानकी गाउँपालिका–३ बाँकेका ४४ वर्षीया