काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले सीमासम्बन्धी विषय संवेदनशील विषय भएकाले सरकारले यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिरहेको बताउनुभएको हो । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो […]