काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार दसैँ खर्च परिषद् तयारी खर्च भनी अनधिकृत सुविधा लिएको, परिषद्को निर्णयबिनै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको […]