काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि ‘अर्को केपी ओली’ हुने बताएका छन्। समाजवादी केन्द्रले नेपालले आयोजना गरेको एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले भने, ‘हामीले वैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्छ। ओलीको आलोचना गर्दै गर्दा हामीले नयाँ समाजवादको मोडल तयार गर्नुपर्छ।’अब एकजुट भएर जनताको हितलाई केन्द