विकास बैंक र वित्त कम्पनीले पनि म्यूच्यूअल फण्ड सञ्चालन गर्न पाउने

सामुहिक लगानी कोष सञ्चालनमा वाणिज्य बैंकको एकाधिकार तोडिने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशिका जारी गर्दै विकास बैंक र वित्त कम्पनीलाई पनि सामुहिक लगानी कोष सञ्चालन गर्न दिने भएको हो । एक अर्ब भन्दा धेरै चुक्ता पूँजी वित्तीय कारोबार गर्ने संगठित संस्थाले स्थापना भएको ५ वर्ष पूरा भएपछि मात्र सामुहिक लगानी कोष सञ्चालन गर्ने व्यवस्था छ । सो अनुसार यसअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई मात्र सञ्चालन गर्न अनुमति दिएकोमा अबदेखि विकास बैंक र फाइनान्स कम्पनीले पनि सञ्चालन गर्नेछन् ।