काठमाण्डाै – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद खगराज अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको टिप्पणी गर्नुभएकाे छ ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भइसकेपछि संसद् भवनमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद अधिकारीले बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको बताउनुभयो । उहाँले 'गेम चेन्जर' परियोजनाहरूलाई पनि कुनै सम्बोधन गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो बजेटमा कुनै विश्वसनीयता छैन । कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन । आर्थिक सङ्कटलाई सम्बोधन गर्न सकेन...