तालाबन्दी गर्ने काम ‘महापाप’ –शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी गर्ने काम ‘महापाप’ भएको बताएका छन् । विद्यालय पवित्रस्थल रहेको बताउँदै उनले यस्तो पवित्रस्थलमा तालाबन्दी, तोडफोड र पठनपाठनमा प्रभावित गर्नु अपराध गरेको बताए ।