नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले मकैमा लाग्ने फौजी किराको व्यवस्थापन गर्न नयाँ प्रविधिको विकास गरेको छ। ग्रीजजस्तो पदार्थलाई मकैको पातमा प्रयोग गरेर फौजी किरा नियन्त्रण गर्न सकिने नयाँ प्रविधिको विकास गरिएको डा.उज्जवलकुमार सिंह कुशवाहाले जानकारी दिए । उक्त अनुसन्धानको पूर्ण विवरण र नतिजा विख्यात नेचर जर्नल ‘साइनटिफिक रिपोर्टस’ को अनलाईन संस्करणमा ५ मई २०२२ मा प्रकाशित भएको छ। ‘किराबाट प्रभावित मकैको टुप्पोको नयाँ पातमा करिब १५ ग्रामजति ग्रिज लगाउँदा फौजिकिरा भाग्नेगर्