कुपिण्डे तालमा बढ्यो चहलपहल

सल्यान : कोरोना भाइरसका कारण लामो समयदेखि सुनसानजस्तै बनेको कुपिण्डे तालमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। कोरोना भाइरसको संक्रमण कम देखिएसँगै कुपिण्डे ताल आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ। मौसममा सुधार तथा कोरोनाको डर पनि कम हुँदै जाँदा तालमा पर्यटकको सख्ंया बढ्दै जान थालेको स्थानीय शेरजंग कुँवरले बताए। उनले भने, ‘कोरोना भाइरसको डरले खासै कोही पनि तालमा घुम्न आउँदैनथे तर आज भोलि, दाङ, बाँके, बर्दिया, सुर्खेत, जाजरकोटबाट समेत आउन थालेका छन्।’विगतमा दिनमा मुस्किलले पाँचज