प्रयोगविहीन बागलुङ बसपार्क, उस्तै छ विमानस्थल

बागलुङ नगरपालिकाले आधुनिक बसपार्क बनाउँदा लिएको ऋणको वार्षिक एक करोड २७ लाख सावाँब्याज नगर विकास कोषलाई तिर्नुपर्छ । ५ं.५ प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्नेगरी कोषले विसं २०७४ मा नौ करोड चार लाख ३९ हजार ऋण नगरपालिकालाई दिएको थियो ।कोषको ऋण लगानीसँगै दुई दशकदेखिको बसपार्क बनाउने नगरको योजनाले सार्थकता पनि पायो । विसं २०७५ असोजमा ठेक्कामा गएको बसपार्क विसं २०७८ को सुरुतिर बन्यो पनि । यसरी लामो प्रयास र नगरको चर्को व्ययभारमा निर्मित आधुनिक बसपार्क अझै प्रयोगमा भने आउन सकेको छैन ।बरु उल्टै बसपा

सम्बन्धित सामग्री

बागलुङ नगरको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रणलाई प्राथमिकता

असार १०, बागलुङ । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधवार नगरपालिकाको नवौं नगर सभामा नगरप्रमुख जनकराज पौडेलले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  नगरप्रमुख पौडेलले आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम रहेको भन्दै यस अवधिमा बागलुङ नगरपालिकामा महत्वपूर्ण दीर्घकालसम्म प्रभाव पार्ने रणनैतिक महत्वका कामहरु भएको समेत बताए ।  उनले दुई दशकसम्म गौचरणका रुपमा परिणत भएको बलेवा विमानस्थल यस वर्षभित्र कालोपत्रे सम्पन्न भइ सञ्चालन हुने र उक्त विमानस्थल पाइलट विद्यालयको रुपमा समेत सञ्चालन गर्ने प्रचुर सम्भावना रहेको र त्यसको लागि प्रस्तावहरु आइसकेको बताए । नगरपालिकाले तीन वर्षको अवधिमा २१ दशमलव ६६ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको जानकारी दिएको छ । नगरप्रमुख पौडेलले प्रदेश सरकाको लगानीमा १२ किलोमिटर र संघीय सरकारको लगानीमा ९ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरिएको बताए । उनले तीन वर्षको अवधिमा १५ दशमलव ३५ किलोमिटर पक्की नाली, १३९ किलोमिटर सडक स्तरोन्नति, १४ दशमलव ७७ किलोमिटर पैदल मार्ग र ३ किलोमिटर तारजाली लगाउने काम सम्पन्न भएको बताए । नगरप्रमुख पौडेलले बानपा–४ मा बागलुङ बसपार्क निर्माणको अन्तिम चरणमा रहेको र बानपा ५, ६ र ७ मा मालिका वन्यजन्तु बासस्थान (जिओलोजिकल पार्क) संसारकोटमा ग्रेट वाल निर्माण हुने तयारीमा रहेकोले पर्यटन विकासको निम्ति राष्ट्रिय र अन्तरराष्ट्रिय भूमिका निर्वाह गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अहिले कोभिड–१९ को संक्रमण फैलिदै गएको र नयाँ प्रजातिको भाइरस फैलिन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै पूर्व तयारी गर्ने जानकारी दिएको छ । यस्तै स्वास्थ्यकर्मीको मनोवल वृद्धिका लागि आवश्यक व्यवस्थापन गर्ने जानकारी दिएको छ ।  यस्तै नगरप्रमुख पौडेलले गण्डकी प्रदेशले धौलागिरी अस्पतालमा निर्माण गर्ने हरि खड्का ट्रमा सेन्टर निर्माण गर्न विशेष पहल गर्ने जानकारी दिएका छन् । नगरपालिकाले ‘गरीबीसँग मेयर ऋषिराम’ कार्यक्रमलाई कोभिड–१९ बाट प्रभावित व्यक्ति समेतको आयआर्जनका लागि सुलभ कर्जा प्रदान गर्ने जानकारी दिएको छ । नगरपमुख पौडेलले नगर स्तरीय ९ ओटा र वडा स्तरीय सडकलाई स्तरोन्नति गरी पक्की सडकहरुमा मर्मत सुधार गर्ने, नगरप्रमुख प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्ने, सबै विद्यालयमा बगैचा स्थापना गरी हरित विद्यालयको अवधारणमा जोड दिइने, मासुजन्य उत्पादनको लागि चिस्यान केन्द्र स्थापन गर्ने, कृषि उपज उत्पादनमा आत्मनिर्भर बनाउन सुन्तला, कागती, चिया, किवी, ओखर खेती तथा जडिबुटी खेती प्रबर्द्धन कार्यक्रमलाई अगाडी बढाइने बताए ।  यस्तै भगत सर्वजित सिप रोजगार प्रबर्द्धन कार्यक्रम, परम्परागत पेशा व्यवसाय सुधार कार्यक्रम, युवा व्यवसायीक प्रबर्द्धन कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिएको छ । नगरपालिकाले मेयर कप फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै खेलकुद मैदानहरुको पूर्वाधार, कर्भडहलको स्तरोन्नति एवम् सञ्चालन गरिने जानकारी दिएको छ भने फुटबल, भलिबल, क्रिकेट लगायत खेलकुदकालाई प्रोत्साहक र परिचालन गरिने जानकारी दिएको छ । नगरपालिकाले सार्वजनिक ठाउँमा व्यायाम स्थल (जिम) स्थापना गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

निषेधाज्ञाका कारण रोकियो बलेवा विमानस्थल र बसपार्क कालोपत्रको काम

जेठ १०, बागलुङ । निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्र गर्ने काम रोकिएको छ । जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्र गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपार्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन् । दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्र गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ । जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निर्देशन दिएको छ तर निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन् । जिल्लाको भविष्यसँग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुःखद् भएको स्थानीयवासी बताउँछन् । प्लान्ट जडानमा ढिलाइ हुँदा समयमै कालोपत्रे गर्न नसकिएको विमानस्थल कालोपत्रको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताए । म्याग्दी जाने सडक छेउमा अक्पार्ड प्रविधिको कालोपत्र गर्ने सामग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाइ भएको थापाको भनाइ छ । प्लान्ट निर्माण हुनासाथ १० दिनमै विमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ ।  यता प्लान्टकै कारण नगरपालिकाको अगुवाइमा निर्माण थालिएको बागलुङ बसपार्क सञ्चालनमा ढिलाइ भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । निषेधाज्ञा बहाना मात्रै भएको र काम गर्नेलाई समस्या नभएको नगर प्रमुख पौडेलको भनाइ छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले विमानस्थल पुनर्निर्माणको काम द्रुत गतिमा भएको जानकारी दिएको छ । यद्यपि यही जेठ मसान्तभित्र निर्माण सक्ने तयारी भए पनि निर्माण सम्पन्न हुनमा केही आशंका जन्मेको छ ।  विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि विमानस्थल बन्द भएको थियो ।  बसपार्क निर्माणका लागि बागलुङ–४ उपल्लाचौरमा १८ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराएका थिए । यतिका वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएको भए पनि निषेधाज्ञाले कालोपत्र गर्न नसकिएको निर्माण व्यवसायीले बताएको छ । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आएपछि २०७५ सालमा नगरपालिकाको पहलपछि गति लिएको थियो ।  ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण अन्तिम चरणमा पुगेको भए पनि कालोपत्रे हुन नसकेको हो । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिएका थिए ।   विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रू. आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ/छ महीना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।  कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिव्रता दिइएको भए पनि पुनः निषेधाज्ञाले समस्या भएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीले जानकारी दिएको छ । रासस