सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि विनियोजन भई खर्च हुन नसकेको बजेट स्थानीयस्तरमा रहेको कोभिड– १९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम कोषमा राख्ने निर्णय गरेको छ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) तेस्रो संशोधन नियमावली, २०७७ स्वीकृत गर्दै खर्च हुन नसकेको विनियोजित बजेट कोभिड–१९ कोषमा राखेर कोरोना उपचार तथा नियन्त्रणमा खर्च गरिने व्यवस्था गरेकाले आगामी दिनमा स्रोतको अभाव टार्न सहज हुनेछ । निर्वाचनक्षेत्र विकास कोष वा सांसद विकास भनेर चिनिने उक्त कार्यक्रमको निरन्तरताबारे लामो समयदेखि बहस हुँदै आएको छ । सांसदहरूले उपयुक्त देखेका योजनामा पहिला जिल्ला विकास समितिको समन्वय र हाल जिल्ला समन्व