काठमाडौँ उपत्यकामा ४२ जनामा हैजा पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३ जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको हो । मन्त्रालयका अनुसार ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल तीन जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।