चिसो काठमाडौँमा विश्वकपको सरगर्मी (फोटोफिचर)

सन् २०२२ को नोभेम्बर २१ तारिखबाट सुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गरेका थिए । जसमा हालसम्म प्रिक्वार्टर फाइनलमा पुग्ने १६ राष्ट्रको टुङ्गो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् । साथै आजबाट प्रिक्वार्टर फाइनलका खेलहरू सुरु हुँदैछन् । यतिबेला कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरूको भीड विश्वभर नै छ । नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होट