सर्वोच्च अदालतले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न मार्ग प्रशस्त गरिदिएको छ ।
पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम स्वीकृत गरी त्यसमा पठनपाठन समेत भइरहेको अवस्थामा भगवता अर्याल लगायतले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले उक्त रिट खारेज गर्दै नयाँ पाठ्यक्रम नै लागू गर्न निर्देशनात्मक आदेश दिएको हो ।
यससँगै कक्षा ११ का विद्यार्थी र शिक्षकहरूबीच लामो समयदेखि रहेको अन्योलको स्थिति अन्त्य भएको छ ।