भारतीय कांग्रेसकी नेता प्रियंका गान्धी पक्राउ, प्रहरीले हातपात गरेको दाबी

भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई पक्राउ गरिएको छ । उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा उनलाई प्रहरीले हिरासतमा लिएको हो ।राज्यका कांग्रेस प्रमुख अजय कुमार लल्लूले यसबारे पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई पक्राउ गरिएको छ । के कसैको दुःखमा समावेश हुनु अपराध हो ? ’भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरू लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् । उत्तर प्रदेशको लखिमपुर खिरीमा आइतबार केन्द्रीयमन