बाढीले पुल बगाएपछि मनाङमा खाद्य संकटको संकेत

बाढीले बगाएको लमजुङ–मनाङ जोड्ने एकमात्र मोटरेवल पुल दुई साताभित्र पुनः निर्माण गरिने भएको छ । ८ असारमा म्यार्दी खोलामा आएको बाढीले पुल बगाएपछि मनाङको यातायात प्रभावित भएको थियो । क्षतिग्रस्त पुलको स्थलगत निरीक्षणपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले पुल निर्माणको लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका हुन् ।