रुपन्देही । व्यक्ति स्वयम् सचेत भएमा मात्र मुटु रोगबाट बच्न सकिने सरोकारवालाले सुझाएका छन् । विश्व मुटु दिवस-२०२३ को सन्दर्भमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले खानपिन र शारीरिक व्यायाममा ध्यान दिनसकेमा मुटु रोग लाग्नबाट बच्न सकिने बताएका हुन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले सबै उमेर समूहका व्यक्तिहरूमा मुटुरोगको जोखिम भएको […]