महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा १२७ ठाउँमा ट्राफिक लाइट जडान गर्न थालेको छ ।
महाशाखाले विभिन्न चरणमा गरेर उपत्यकामा मुख्य सडक र भित्री सडकहरुमा सवारी साधनलाई व्यवस्थापन गर्न र प्रविधिमैत्री ट्राफिक बनाउने योजना अन्तरगत उपत्यकाका मुख्य चोक र गल्लीहरुमा ट्राफिक लाइट जडान गर्न लगेको बताएको हो ।
महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार अहिले उपत्यकाको ३६ ठाउँमा लाइट जडान गरिएको छ । जसमा २७ वटा सञ्चालनमा छन्। ९ वटा प्राविधिक कारण रोकिएको र छिट्टै सञ्चालनमा आउने महाशाखाले जनाएको छ । ...