म्यान्मारकी राज्य सल्लाहकार एवं विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छन् । रोहिंग्या मुस्लिम समुदायमाथि भएको ज्यादती र हिंसाका कारण विवाद उत्पन्न भएपछि उनले महासभामा आफ्नो उपस्थिति रद्द गरेको म्यान्मार सरकारले जनाएको छ ।