नेपाल विद्युत् प्राधिकरणले आज (शुक्रवार) आफू मातहतका सबै आय सङ्कलन काउन्टरहरू बन्द गरेको छ । आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले काउन्टरहरू बन्द गरेको जनाएको हो ।
जलेश्वर- जलेश्वरमास्थित नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखा विरतण केन्द्रको विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
शाखाको एम पावर विलिङ सिस्टमको सर्भरमा समस्या आएपछि गत महिनादेखि केन्द्रबाट हुने गरेको सम्पूर्ण आय सङ्कलन काउन्टर भएको जनाइएको छ । शाखा प्रमुख वीरेन्...
जलेश्वर- जलेश्वरमास्थित नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखा विरतण केन्द्रको विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
शाखाको एम पावर विलिङ सिस्टमको सर्भरमा समस्या आएपछि गत महिनादेखि केन्द्रबाट हुने गरेको सम्पूर्ण आय सङ्कलन काउन्टर भएको जनाइएको छ । शाखा प्रमुख वीरेन्...
कालीकाेट – नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले कालीकोटको रास्कोटमा विद्युत् महसुल तथा फ्युज सेवा सुरु गरेको छ ।
रास्कोट क्षेत्रमा करिव एक हजार भन्दा बढी ग्राहक संख्या रहेकोमा त्यस क्षेत्रका नागरिक एक दिनको बाटो हिँडेर विद्युत् महसुल बुझाउन जिल्ला सदरमुकाम जानु पर्ने समस्या थियो । अब यस समस्याको समाधान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमल शाहले बताउनुभयो ।
कालीकोटका सबै वडा र बस्तीहरुमा विद्युत् सेवा विस्तार गर्नुका साथै तत्काल विद्युत्, सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका कार्यक्र...
२४ असोज, काठमाडौं । अब शनिबार विद्युत् महसुल संकलन काउन्टर बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले केही वितरण केन्द्रहरुमा शनिबार पनि महसुल काउन्टर चलाउँदै आएको छ । तर, एक सूचना जारी गर्दै प्राधिकरणले कात्तिक महिनादेखि शनिबार यस्ता काउन्टर नखुल्ने जानकारी दिएको हो । शनिबार मात्रै कार्यालय बिदा हुने हुँदा महसुल तिर्न सहज होस् […]
डिजिटल प्रविधिमा नेपालले गति लिँदै छ । कार्तिक महिनाको तथ्यांकमात्र हेर्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या डेढ करोडमाथि पुगिसकेको देखिन्छ । एटीएम कार्डको प्रयोगकर्ता कुल ९३ लाख माथि देखिन्छ, र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १२ लाख माथि रहेको देख्न सकिन्छ । देशमा धेरै भूभामा क्यूआर कोड र पीओस मेशिन देखिन्छ । हिजो जस्तो आज नगद नै बोकेर हिँड्नुपर्ने बाध्यता छैन । पेट्रोल पम्पदेखि पसलसम्म नगद कारोबारको विकल्प आइसकेको देखिन्छ ।
बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्याएको छ ।
बैंकबाहेकका क्षेत्रहरूमा पनि डिजिटल प्रविधिको बिगबिगी छ । एउटा दुर्गम भेगमा बसेर प्राथमिक शेयरमा भागेदार हुन सकिन्छ, दोस्रो बजारमा लगानी गर्न सकिन्छ । बीमासम्बन्धी सम्पूर्ण जानकारी र हिसाब बीमाको मोबाइल एप्लिकेशनमार्फत गर्न सकिन्छ । नागरिक लगानीकोषमा जम्मा भएको आफ्नो भागको हिसाब अनलाइन हेर्न सकिन्छ ।
यस परिवर्तनको निमित्त समग्र बैंक तथा वित्तीय संस्था एवम नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायको भूमिका सराहनीय छ । बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्याएको छ । दूर दराजको गाउँमा आज महँगो शुल्क तिरेर रिचार्ज कार्ड किन्नुभन्दा मोबाइल बैंकिङबाट टप अप गर्न थालिएको छ । आफ्नो खाताका बारे सामान्य जानकारी घरमै बसेर लिन सकिन्छ । प्लेनको टिकट किन्न कुनै बिचौलियाको प्रयोग गर्नु नपर्ने अवस्था आइसकेको छ । यी सबले गर्दा समग्र भुक्तानी प्रणाली आधुनिक बन्न थालेको छ ।
बेलायतमा २०२० मा ७६ प्रतिशतले अनलाइन बैंकिङ प्रयोग गरेको तथ्यांक देखिन्छ । स्ट्याटिस्टाको अध्ययनअनुसार सन् २०२४ सम्म एशियाली मुलुकहरूमा अनलाइन र मोबाइल बैंकिङको प्रयोग उच्च रहनेछ । सोही अध्ययनअनुसार हाल करीब विश्वको २ अर्ब जनसंख्याले अनलाइन बैंकिङ प्रयोग गरिरहेको छ । उक्त संख्या बढेर आगामी २०२४ सम्म साढे अर्ब पुग्नेछ । नेपालमा पनि यो गति उच्च छ । यसले नगदरहित कारोबारको सम्भावना बढेको छ ।
तर, बाहिर देखिएको तथ्यांकअनुरूप नेपाल यसका लागि अझै सक्षम भइसकेको छैन । बैंकिङ बानी परिवर्तन गर्नुपर्ने यस समयमा सानो समस्याले पनि आफ्नो नियमित बानी परिवर्तन गर्न आम सर्वसाधारणलाई हौसला चाहिन्छ । तर, प्राविधिक कठिनाइसँग जुध्न अझै नसकेको अवस्था छ । क्यूआरबाट भुक्तानी गर्दा पैसा काट्ने तर सम्बन्धितको खातामा नदेखिने समस्याले गर्दा डर त हुने नै भयो । त्यसै गरी सुरक्षा अर्को महत्त्वपूर्ण पक्ष हो । नेपालको अनलाइन बैंकिङ प्रणालीमा त्यस्तो घोटाला नभए तापनि सोझा सर्वसाधारण ठगिने काम भने भइरहेको छ । नातिले हजुरबुबाको मोबाइल बैंकिङ प्रयोग गरेर अनलाइन गेमको केही सुविधा खरीद गर्ने, गिरोहले खाताको रकम चोर्नेजस्ता सानातिना घटना भने भइरहेका छन् ।
प्राविधिक कठिनाइले गर्दा मर्कामा परेका ग्राहकहरू उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको देखिन्छ । एटीएमले खाताको रकम काट्ने तर भुक्तानी नदिने समस्याले धेरैलाई समस्यामा पारेको छ । अनलाइन रकमान्तर गर्ने क्रममा देखापर्ने प्राविधिक त्रुटिले गर्दा यसप्रति विश्वास घटेको पनि देखिन्छ ।
हामीले जतिसुकै डिजिटल प्रणालीको ब्याख्या गरे पनि आज पनि काठमाडौंमा खानेपानी महसुल भुक्तानी गर्न नगद लिएर काउन्टर नै पुग्नुपर्ने अवस्था छ । आज पनि विभिन्न जिल्लाबाट विद्युत् महसुल भुक्तानी गर्न घण्टांै हिँडेर सदरमुकाममा रहेको प्राधिकरणको कार्यालय नै पुग्नुपर्ने बाध्यता छ । अहिले पनि बसको टिकट काट्न अनलाइनभन्दा भौतिक माध्यम नै प्राथमिकतामा परेको देखिन्छ । यसले हाम्रो डिजिटल कारोबारको वास्तविकता झल्काउँछ ।
समयअनुरूप वित्तीयप्रणाली सुधार हुन आवश्यक छ । त्यसअनुरूपको आवश्यक परिवर्तन आत्मसात् गर्न पनि आवश्यक छ । शुरुआती क्रममा देखिएका त्रुटिहरूलाई क्रमिक रूपमा सुधार गरेर त्रुटिमुक्त सेवा प्रदान गर्दै जानु नै बिकास हो । ढड्डा प्रणालीबाट शुरू भएको बैंकिङ प्रणाली आज रोबोटयुक्त प्रणालीमा पुगिसकेको छ । विकास र परिवर्तन आवश्यक छ । तर, त्यसको निमित्त सबै पक्षको साथ आवश्यक पर्छ । वित्तीय समावेशिताको बहस अनलाइन बैंकिङमा पनि आउन आवश्यक छ । सवारीसाधनको बिल बुक अनलाइन भुक्तानीमार्फत नवीकरण गरिरहँदा किन उपत्यकाकै खानेपानी महसुल भुक्तानी गर्न भौतिक उपस्थिति चाहिने भन्नेबारे जवाफदेहिता बोक्न सक्ने क्षमता सम्बद्ध निकायको हुनुपर्छ । किन सुगम भेगकालाई विद्युत महसुल भुक्तानी गर्न अनलाइन माध्यम उपलब्ध छ र दुर्गम भेगलाई उक्त सुविधा छैन भन्ने जवाफ सम्बद्ध निकायसँग हुन आवश्यक छ । १० वर्ष अगाडि एटीममा रहेको समस्या अझै पनि छ । बैंक मात्र होइन, अझै पनि शेयरबजारमा हुने लीलामी प्रक्रिया अनलाइन मार्फत गर्न सकिँदैन, भौतिक उपस्थिति अनिवार्य रहिआएको छ ।
यदि हामी डिजिटल प्रणालीलाई स्वीकार गरी अगाडि बढ्ने हो भने हामीले गुनासोहरूलाई दृष्टिगत गरेर अगाडि बढ्न आवश्यक छ । सर्वप्रथम वित्तीय साक्षरता अभियानलाई प्रवद्र्धन गर्न आवश्यक छ, जसअन्तर्गत अनलाइन प्रविधिको प्रयोग बुझाउन महत्त्वपूर्ण हुन जान्छ । यससँग आबद्ध जोखिम र स्वाभाविक तरीकाले हुने समस्या र त्यसको निमित्त गर्न सकिने समाधानको बारेमा ज्ञान प्रवाह गर्न आवश्यक छ । जबसम्म सर्वसाधारणले उक्त विषयहरू स्पष्ट रूपमा बुझ्न सक्दैनन्, यसमा निहित जोखिम रही नै रहने हुन्छ ।
हो, हिजोभन्दा हामी अगाडि छौं तर हामीले लिनुपर्ने गति अझै पनि आत्मसात् गर्न सकेका छैनौं । समय अवश्य चाहिन्छ तर अन्य क्षेत्रमा भइसकेको सुधार, समग्र क्षेत्रमा भित्र्याउन समयभन्दा पनि बढी विचार चाहिन्छ, जसको निमित्त सबै पक्ष एकीकृत रूपमा प्रस्तुत हुन आवश्यक छ । त्यसपछि मात्र डिजिटल प्रणालीमा विश्वास जाग्नेछ, सहभागिता सुनिश्चित हुने छ र नगदरहित अर्थतन्त्रमा हामी फड्को मार्न सक्नेछौं ।
रेग्मी बैंकर हुन् ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सबै आय सङ्कलन काउन्टरहरू आज (बिहीबार) देखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् । प्राधिकरणले बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय सङ्कलन काउन्टरहरू बन्द गरिएको जनाएको छ । विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मङ्सिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत् महसुल निर्धारण भएको […]
नेपाल विद्युत् प्राधिकरणले देशभरका विद्युत् महसुल संकलन काउन्टर आज बिहीबार एक दिनका लागि बन्द गर्ने भएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार, बिहीबार विश्वकर्मा पूजाको दिन महसुल संकलन काउन्टर बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार, विश्वकर्मा पूजाको दिन सबै कार्यालयहरूमा पूजा गरिने हुँदा एक दिनका लागि महसुल […]
रसुवामा विद्युत् महसुल संकलनका लागि सम्पर्क व्यक्ति तोकिएको छ। लकडाउन अवधिभर काउन्टर बन्द हुने भएकाले विद्युत् महसुल बुझाउन चाहने ग्राहकलाई सहज बनाउनका लागि सम्पर्क व्यक्ति तोकिएको हो।