थापाथलीमा सीजी मोटर्सको नयाँ शोरुम सञ्चालनमा

काठमाडौं । चौधरी ग्रुप ग्रुपअन्तर्गतको सीजी मोटर्सले आयन ब्रान्डको ‘आइकोनिक शोरुम’ सञ्चालनमा ल्याएको छ। बिहीबार सीजी मोटर्सले काठमाडौँको थापाथलीमा आयन ब्रान्डको ‘आइकोनिक शोरुम सञ्चालनमा ल्याएको हो । सीजी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरी र चिनियाँ राजदूत छन् सोङले नयाँ शोरुमको उद्घाटन गरेका हुन् । चिनियाँ कम्पनी जीएसी मोटर्सले आयनका ब्रान्डका गाडीहरू उत्पादन गरिरहेको छ।