संसद्ले तत्काल बनाउनुपर्ने कानुन १८० वटा, नौ महिनामा बल्ल बन्यो एउटा

काठमाडौं : संसदको मुख्य काम नै कानुन निर्माण गर्नु हो। तर, सरकारले बिजनेस नदिँदा पछिल्लो सयम संसद राजनीतिक दलका नेताहरुको आक्रोश पोख्‍ने थलो बन्दै गएको छ। मंसिरमा निर्वाचन सम्पन्न भएर नयाँ संसद् आएको ९ महिना पूरा भयो। तर, हालसम्म संसदले महत्वपूर्ण कानुन निर्माणमा कुनै तदारुकता देखाउन सकेको छैन। न त सरकारले नै संसदलाई बिजनेस दिन सकेको छ। प्रतिनिधिसभा सुरु भएको ९ महिनाको अवधिमा सदनबाट आर्थिक विधेयकबाहेक मिटरब्‍याजसम्बन्धी एउटा मात्रै विधेयक पारित भएको छ। अहिले पनि सदन निरन्तर चलि