१ नम्बर प्रदेशमा हाल मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय छन् तर १२ मन्त्रालय पुर्याउने अन्तिम तयारीमा प्रदेश सरकार पुगेको छ ।
भएकै मन्त्रालयमा मन्त्रीका लागि कुर्सी राख्न थालिएको छ । मन्त्रालय फुटाउने र मन्त्रीहरू थप्ने विषयमा प्रमुख प्रतिपक्ष दलसहित नागरिक तहबाटै सरकारको आलोचना हुन थालेपछि प्रदेश सरकार गुपचुप रूपमा नै मन्त्रालय थप्ने तयारीमा लागेको छ ।
१ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद् कार्यविभाजन नियमावलीमा हालको मन्त्रिमण्डलको सदस्य संख्या अधिकतम ७ जनाको छ । प्रदेश सरकारको आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नियमावली...