साताअघि नै नेकपाको दुबै पक्षबाट जबाफ आयो, तर आयोगको निर्णय आएन

नेकपाको दुबै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदन उपर आयोगले अझैसम्म केही निर्णय लिएकाे छैन । आयोगले पुस २३ गते दुबै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको लागि पत्र पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले पुस २९ मा आयोगलाई जबाफ पठाएका थिए । आयोगलाई पठाएको जबाफमा दुबै पक्षले आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेको निर्णय वैधानिक रहेको दावी गरेका छन् । दुबैले आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता कि...