हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रभारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेका कारण नेपालमा लगातार वर्षा भैरहेको छ । आज मंगलबार मुुलुकभर बदली र हल्का वर्षा भैरहे पनि केही प्रदेशहरुमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो देशभर सामान्य …