नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडाैँ- पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए। सडक सञ्चालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन […]