निजामती सेवा दिवस : सरकारले यस वर्ष पनि भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी

सरकारले यस वर्षको निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । नेपालमा हरेक वर्ष भदौ २२ मा निजामती दिवस मनाइन्छ । बुधबार 'व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन' भन्ने नाराका साथ यसवर्षको निजामती दिवस मनाइँदैछ ।