नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएको पनि जानकारी दिएको छ । अघिल्लो आवको मुनाफाबाट गत वर्ष कम्पनीले आफ्ना शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र १ दशलमव १५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

सम्बन्धित सामग्री

नेप्सेमा सूचीकृत ६० मध्ये ४५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत ४५ लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा जम्मा ६० लघुवित्त कम्पनी सूचीकृत छन् । अधिकांश लघुवित्त कम्पनीहरूले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केहीको बाँकी छ । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्र्ने प्रस्ताव गरेको हो । यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।  ४५ कम्पनीहरूमध्ये एनआईसी एशिया लघुवित्तले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै गुराँस लघुवित्तले सबैभन्दा कम ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, स्वरोजगार लघुवित्त जनउत्थान सामुदायिक लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले घोषित लाभांशबारे निर्णय गर्न साधारण सभाको मिति तय गरिसकेका छन् ।  त्यस्तै एनआईसी एशिया लघुवित्त, किसान लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु, विजय लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त र जीवन विकास लघुवित्तले साधारण सभाको मिति तय गर्न बाँकी छ भने अन्य कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।  तीन लघुवित्तको लाभांश संशोधन लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये तीन कम्पनीको लाभांश संशोधन भएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त, जीवन विकास लघुवित्त र आशा लघुवित्तको लाभांश संशोधन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि संशोधन गरेको हो । यस्तै आशा लघुवित्तले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश घटाएर स्वीकृति दिएको छ । यस्तै जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल ३७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  लाभांश रद्द  नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्को वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कम्पनीलाई लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५२ प्रतिशत नगद गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधनपछिको लाभांश यस्तो छ  कम्पनीको नाम   २०७८÷७९ को लाभांश ( प्रतिशत)     कुल लाभांश – प्रतिशत)    बोनस शेयर  नगद लाभांश    जाल्पा सामुदायिक लघुवित्त 73 3.8421 76.84 उपकार लघुवित्त 61.75 3.25 65 महिला लघुवित्त 47.5 2.5 50 नेशनल माइक्रोफाइनान्स लघुवित्त  34.45   34.45 जीवन विकास लघुवित्त 26 7.15 33.15 सिवाईसी नेपाल लघुवित्त 30 1.58 31.58 आँधिखोला लघुवित्त 30 1.58 31.58 फरवार्ड लघुवित्त 25 5 30 आरएमडिसी लघुवित्त 26 1.3684 27.37 साना किसान लघुवित्त 26 1.3684 27.37 छिमेक लघुवित्त 22 3.26 25.26 महुली लघुवित्त 20 5 25 नेरुडे लघुवित्त 22 1.1579 23.16 स्वरोेजगार लघुवित्त 22 1.1579 23.16 मिर्मिरे लघुवित्त 23   23 स्वाभिमान लघुवित्त 20 1.0526 21.05 विजय लघुवित्त 20 1.0526 21.05 सामुदायिक लघुवित्त 10 11.0526 21.05 डिप्रोक्स लघुवित्त 10 11.0526 21.05 आदर्श लघुवित्त 20 1.05 21.05 स्वावलम्बन लघुवित्त 15 6.05 21.05 इन्फिनिटी लघुवित्त 20   20 फस्र्ट माइक्रोफाइनान्स लघुवित्त 19 1 20 साधना लघुवित्त 19 1 20 निर्धन उत्थान लघुवित्त 19 1 20 नयाँ सारथी लघुवित्त 19 1 20 कालिका लघुवित्त 19 1 20 लक्ष्मी लघुवित्त 15 5 20 ग्लोबल आइएमई लघुवित्त 12 8 20 मेरो माइक्रोफाइनान्स लघुवित्त 10 10 20 सबैको लघुवित्त 18 0.95 18.95 समता घरेलु लघुवित्त 15 3 18 मिथिला लघुवित्त 15 0.7895 15.79 जनउत्थान सामुदायिक लघुवित्त 15 0.7895 15.79 सूर्योदय वोमी लघुवित्त 15   15  आशा लघु्वित्त 14.2857 0.7143 15 एनआईसी एशिया लघुवित्त   14.75 14.75 समीट लघुवित्त 13.5628 0.7138 14.28 सिभिल लघुवित्त 11 0.58 11.58 सपोर्ट लघुवित्त 11 0.5789 11.58 आरएसडिसी लघुवित्त 8 3 11 एनएमबि लघुवित्त 10 0.5263 10.53 किसान लघुवित्त  7 0.3684 7.37 मनकामना स्मार्ट लघुवित्त 4.75 0.25 5 गुराँस लघुवित्त  4 0.2105 4.21

नेरुडे लघुवित्तले २२ प्रतिशत बोनस सेयर दिने

नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।लघुवित्तको सञ्चालक समितिको २९९ औं बैठकबाट लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ रहेको छ ।चुक्ता पूँजीको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । यस्तै, कर

नेरुडे लघुवित्तले २३ प्रतिशत लाभांश दिने

६ पुस, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले २३.१५७९ प्रतिशत लाभांश दिने भएको छ । ७ पुस बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ६० करोड रुपैयाँको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रुपैयाँ […]

नेरुडे लघुवित्तसहित ३ ओटा कम्पनीको साधारण सभा शनिवार हुँदै

पुस ९, काठमाडौं । तीन अलग अलग कम्पनीको साधारण सभा शनिवार  हुने भएको छ ।  नेरुडे लघुवित्त वित्तीय संस्था,घोडीघोडा लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् ।  नेरुडे लघुवित्त वित्तीय संस्थाले सभा बिहान ११ बजे उद्योग संगठन मोरंगको सभाहल विराटनगरमा शुरु गर्ने जानकारी दिएको छ । सभाले २१ दशमलव ४८ प्रतिशत बोनस शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गतेदेखि पुस १० गते बुक क्लोज गर्ने बताएको छ । यस आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी घोडीघोडा लघुवित्तले छैठौं वार्षिक साधारण सभा शनिवार होटल  रुबस, धनगढी, कैलालीमा बिहान १० बजेबाट सभा शुरु गर्ने जानकारी दिएको छ ।  सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाले बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार प्रालि इटहरीमा बिहान ९ बजेदेखि सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते शेयरधनीदर्ता पुस्तिका बन्द गरिसकेको छ ।यस आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेरुडे लघुवित्तले घोषणा गर्‍यो २२.६१ %  लाभांश

असोज २५, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल २२ दशमलव ६१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २१ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रु.४९ करोड ३८ लाख ७७ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।