शुक्रबार मात्रै उपप्रधानमन्त्री नियुक्त भएका राजेन्द्र महतोले पदभार ग्रहण गर्दै गर्दा दिएको अभिव्यक्ति प्रति नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले विरोध जनाएका छन् । नेता कँडेलले महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनि दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल भएको कँडेलले बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कँडेलले शनिबार विरोध जनाएका हुन् । उनले भनेका छन