धूलाे ट्कटक्याएर उठ्न खाेज्दै मेलम्ची, क्षणभरमै कराेडाैं गुम्याे

असार १ गते मंगलबार, सुन्दर मेलम्ची बजार एकाएक बगरमा परिणत भयो । निकै चहलपहल हुने र सुन्दर मेलम्ची बजार विनाशकारी बाढीले स्वरुप नै परिवर्तन गरिदियो । साँझलाई अँध्यारोले छोप्दै थियो, मेलम्ची बजारलाई इन्द्रावतीमा आएको लेदोमिश्रित भेलले छोप्न थाल्यो । रातभरि मेलम्चीवासीले आँखा झिमिक्क पनि पार्न पाएनन् । बुधबार बिहान अँध्यारो हट्दै जाँदा मेलम्चीको ‘दारुण रुप’ देखिन थाल्यो ।