काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानन्यायाधीशका विषयमा उठेका विवादबारे न्यायालयबाटै चाँडोभन्दा चाँडो निकास निकाल्नु उपयुक्त हुने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री डा. महतले भने, “प्रधानन्यायाधीशसँग न्यायाधीशहरुको असन्तुष्टि र अविश्वास हुन सक्छन् । तर संविधानका सीमा नाघेको अवस्थामा […]