सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा उपचारको क्रममा मृत्यु भएको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ छापडाँडा बस्ने १९ वर्षीय ठाकुर मगरको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । मलेखुबाट ताल्तितर्फ बालुवा लिएर जाँदै गरेको