नेदरल्यान्ड्स शतप्रतिशत नतिजासहित युरोकपको राउन्ड अफ सिक्सटिनमा

नेदरल्यान्ड्स शतप्रतिशत नतिजासहित १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा उत्तरी म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।