सरकारको आलोचना गर्नुको साटो सघाउन गगनलाई देवेन्द्र पौडेलको आग्रह

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले काँग्रेस महामन्त्री थापाको पनि भएको बताए। उनले थापाले सार्वजनिक मञ्चबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताए।उनले सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह