सेनाका लागि अधिग्रहण भएको जग्गामा नक्कली मोही खडा गरेर मुआब्जा वितरण गरेको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दाय भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । धनुषाको साविक भरतपुर गाउँ विकास समिति