सबै सार्वजनिक सेवा स्थगित, उपत्यका प्रवेश गर्ने क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेहरु अनिवार्य रुपमा होम आइसोलेशन वा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा ‘काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा बस्नुपर्ने बस्नुपर्ने’ भनिएको छ । यस्तै अत्यावश्यकबाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगित गरिएको पनि प्रशासनले सोमबार साँझ जारी गरेको आदेशमा भनिएको छ । आदेशमा वैशाख १६ देखि २२ गतेसम्म यातायात बन्द गर्नेलगायतका विषय उल्लेख भएका छन् । .groupT...