दाङ : लुम्बिनी प्रदेशको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ पारित गरेको छ। ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ ’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो।यही नियमावलीको आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ। यसअघि प्रदेश ५ नियमावली २०७४ थियो तर त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।उनका अनुसार सिकाइ र अनुभवका आधारमा न