‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला

काठमाडौं : ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको छ। रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वर्ल्ड-२०२१’को लागि भोटिङ खुला गरिएको हो। प्रतियोगितामा २४ महिला प्रतिस्पर्धामा छन्। प्रतियोगीहरुलाई करिब एक महिना प्रशिक्षण दिइनेछ। प्रतियोगिताको फाइनल पुस १७ गते कमलादीस्थित नेपाल एकेडेमीमा हुनेछ।