एमालेका युवा पुस्तालाई प्रश्न : भावी प्रधानमन्त्रीमा एमालेभित्र ओली किन निर्विकल्प ?

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा समानुपातिक सांसद भइसकेका र राष्ट्रियसभा सदस्य तथा स्थानीय निर्वाचनमा उम्मेदवार भएकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ । भदौ १२ गते सम्पन्न पार्टीको चौथो केन्द्रीय कमिटी बैठकले एउटै व्यक्तिलाई पटकपटक जिम्मेवारी नदिने गरी यस्तो निर्णय गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको हकमा भने यो मापदण्ड लागु नहुने भएको छ ।ओलीलाई भने जुनसुकै बेला अवसरको ढोका खुला रहने नीति एमालेले लिएको देखिन्छ । यहाँसम्म कि, नवौं महाधिवेशनमा एमालेले ७० वर्षे उमेर हद लागू ग