सङ्क्रमितको उपचारमा विशेष ध्यान दिन ७ दलको माग

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन  र  कोभिड सङ्क्रमितका उपचारमा विशेष ध्यान दिन यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । उपकुलपति कार्यालय अगाडि आज एक घण्टा  धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना सङ्क्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन् ।  यसरी ध्यानकर्षण गराउनुहुने पार्टीमा नेपाली काँङ्ग्रेस, नेकपा