संसद् पुनर्स्थापनासँगै सांसद खरिद बिक्रीको जोखिम बढ्यो : सांसद सुवाल

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले संसद पुनःस्थापनासँगै सांसद खरिद बिक्रीको जोखिम बढेको बताएका छन्।भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान भाग २’ पुस्तकको सोमबार अनलाइनमार्फत विमोचन गर्दै सांसद सुवालले संसद पुनःस्थापनासँगै देशको राजनीतिमा अन्योल यथावत् रहेको बताएका हुन्।नयाँ बन्ने सरकारले देश र जनताको हितमा बजेट पेस गर्ने सम्भावना नरहेको सुवालले बताए। उनले देशको सन्तुलित विकास योजना लागु गर्न र बसाइँसराइँ