स्याङ्जामा सिंचाई लिफ्टिङ आयोजना सुरु

स्याङजा । स्याङ्जामा आधुनिक हाइपम्पबाट सिंचाई लिफ्टिङ आयोजना सुरु भएकाे छ । इन्धन तथा बिजुलीको प्रयोग बिना नै याे आयोजना सुरु गरिएको हाे । विश्वको दोस्रो र नेपालको पहिलो आधुनिक हाइपम्प प्रविधिबाट स्याङ्जामा सिंचाई लिफ्टिङ आयोजना सुरुवात गरिएको हो । गल्याङ नगरपालिका-११ लबरकोटमा हाइपम्प प्रविधिबाट पानी लिफ्टिङ गर्न सुुरु गरिएपछि किसानहरु उत्साहित भएका छन् । […]