के हो कतारमा विश्वकप हेर्न जान चाहिने हाया कार्ड ? कसरी लिने ?

कतार सरकारले विश्वकप अवधिभर विश्वका खेलप्रेमी दर्शकहरूलाइृ कतार प्रवेशमा सजिलाे हाेस् भनेर भिसाकाे रूपमा हाया कार्ड वितरण गरेकाे छ। हाया कार्ड विश्वकप फुटवल प्रतियाेगिता अवधिभरकाे लागि भिसा जस्तै प्रवेस  पास हाे  तर, याे वर्क परमिट भने हाेइन । हाया कार्डले जिसिसका ६ वटा राज्यमा विश्प्रवकप प्रतियाेगिता चल्ने समयमा प्रवेश पाइन्छ। विश्वकप फुटवल आयोजना हुने समयावधिभर कतार प्रवेशको लागि चाहिले कार्ड नै हाया कार्ड हो। हाया कार्ड नै विश्वकप फुटवल आयोजना हुने समयावधिभरको लागि कतार प्रवेशाज्ञापत्र वा भिसा हो । जस-जसले विश्वकप फुटवल हेर्न कतार जानको लागि टिकट लिनुभएको छ वा लिने तयारी गर्दै हुनुहुन्छ अवश्यपनि हाया कार्डको लागि आवेदन दिनु पर्छ। अन्तर्राष्ट्रिय फुटवल फ्यानहरूले विश्वकप फुटवल हेर्न टिकट मात्रै लिएर हुदैन कतार प्रवेशाज्ञापत्र (हाया कार्ड) पनि साथैमा बोक्नुपर्ने हुन्छ ।हाया कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । डिजिटल हाया कार्ड बनाउंन विदेशी फुटवल फ्यानहरूले बस्ने व्यवस्था अथवा होटलको कन्फरमेशन गर्नुपर्ने हुन्छ । हाया कार्ड भएपछि कतार प्रवेश र विश्वकप फुटवल आयोजना भैरहेका रंगशालामा प्रवेश सजिलै पाइन्छ । हाया कार्ड अनलाइनबाट आवेदन दिन https://hayya.qatar2022.qa/web/hayya / Qatar2022.qa मा भिजिट गर्न सकिन्छ भने मोबाइलमा Haya to Qatar 2022 एप डाउनलोड गरेर एप मार्फत आवेदन दिन पनि सकिन्छ। यो एप एप्पल ( IOS), एन्ड्रोइड तथा हुवावेका सबै मोबाइल फोनमा उपलब्ध छ ।हाया कार्ड कतार सरकारद्वारा संचालित प्रवेश प्रकृया हो । हाया कार्ड सम्बन्धि कुनै पनि प्रकृयामा फिफा उत्तरदायी हुनेछैन ।  हाया सम्बन्धि कुनै पनि जानकारी चाहिएमा info@haya.qa मा log in गरेर बुझ्न सक्नुहुनेछ भने ८००.२०२२ (कतार) वा अन्तर्राष्ट्रिय नम्बर (+९७४) ४४४१.२०२२ मा कल गरेर पनि बुझ्न सकिनेछ। अन्य कुनै पनि जानकारी चाहिएमा वा विश्वकप फुटवल प्रतियोगिताको टिकट लिएर बसोवासको व्यवस्था मिलाउंन enquries@book.qatar2022.qa मा log in गरेर बुझ्न सकिन्छ। 

सम्बन्धित सामग्री

‘च्याम्पियन्स लिग नजिते अपूर्ण’ – पेप गुआर्डीओला

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले च्याम्पियन्स लिग जित्न असफल भएमा क्लबमा आफ्नो समय ‘पूर्ण नहुने’ बताएका छन् । गुआर्डीओलाले कतारमा विश्वकप जारी रहँदा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता नविकरण गरेका छन् । उनी २०२५ सम्म सिटीमा रहनेछन् । सन् २०१६ मा प्रशिक्षक बने यता सिटीले ९ वटा प्रमुख उपाधि जितेपनि […]

कतारमा विश्वकप फुटबलमा १७२ गोलको कीर्तिमान

कतारमा सम्पन्न विश्वकप फुटबल अहिलेसम्मकै सर्वाधिक गोल गर्ने प्रतियोगिता भएको छ । विश्वकपमा अहिलेसम्मकै सर्वाधिक गोल १७२ गोलको कीर्तिमान बनेको छ । आइतबार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल …

फुटबल मैदानमा उत्रिए मेयर बालेन

काठमाडौं (हाम्रो खेलकुद) – कतारमा विश्वकप फुटबल चलिरहँदा नेपालमा पनि फुटबलले माहोल तातेको छ । यसबीचमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि सोमबार विहान दशरथ रंगशालामा खेलाडीको रुपमा देखिए । महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा मेयर शाह मैदान उत्रिएका थिए । खेलमा मेयर-११ भने सीइओ-११सँग ६-१ ले पराजित हुन पुग्यो । मेयर शाहले खेलमा […]

एसियामा फेरि विश्वकप जित्ने ब्राजिलको चाहना अधुरै

२४ मंसिर, काठमाडौं । कतारमा विश्वकप सुरु हुनुअघि उपधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा ब्राजिललाई लिइएको छ । विभिन्न अध्ययनदेखि फुटबल पण्डितहरुले समेत ब्राजिल च्याम्पियन बन्ने भविष्यवाणी गरेका थिए । हुन पनि ब्राजिलको टिम हेर्दा त्यस्तै लाग्थ्यो । हरेक पोजिसनमा नाम चलेका खेलाडी । हरेक खेलाडीको विकल्प । अनि सर्वाधिक पाँच पटकको च्याम्पियन । स्टार खेलाडी […]

ओलिभर जिरुड : बेन्जेमाको ब्याकअपदेखि सर्वाधिक गोलको कीर्तिमानसम्म

७ मंसिर, काठमाडौं । ओलिभर जिरुड ३६ वर्षका भए । कतारमा विश्वकप खेलिरहेका फ्रान्सेली टोलीमा उनी सबैभन्दा बुढा खेलाडी हुन् । उनी कुनै स्टार खेलाडी पनि होइनन् । तर गोल गर्ने मामिलामा भने उनी स्टार भन्दा कम छैनन् । साविक विजेता फ्रान्सले गएराति अष्ट्रेलियालाई ४-१ ले हराएर विश्वकप उपाधि रक्षा अभियानमा बलियो सुरुवात गर्दा जिरुडले दुई गोल गरे […]

टिकट नभए पनि कतारमा विश्वकप हेर्न सकिने

दोहा – हय्या कार्ड तथा टिकट नभएकाहरूले पनि कतारमा विश्वकप हेर्न पाउने भएका छन्। आइतबार अर्थात् २० नोभेम्बरमा सुरु हुने फिफा विश्वकप-२०२२ हय्या कार्ड तथा टिकट नभएकाहरूलाई पनि विश्वकप हेर्ने व्यवस्था गरिएको छ। कतार सरकारको गृह मन्त्रालयले सरोकारवालाहरूसँग आयोजना गरेको भर्चुअल बैठकमा निःशुल्क खेल देखाउने तयारी भइरहेको जानकारी दिएको हो। विशेषगरी कतारको औद्योगिक क्षेत्रमा बस्ने […]

नेपाली समयअनुसार यी हुन् विश्वकप फुटबलका खेल तालिका

नेपालमा चुनाव भएकै दिन अर्थात मंसिर ४ गते रातिबाट कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । पुस ३ गतेसम्म हुने विश्वकपले एक महिनासम्म पूरै विश्वको ध्यान तान्ने छ ।

फिफा विश्वकप : चोटबाट फर्कन संघर्ष गर्नेको लर्को

फिफा विश्वकप फुटबल प्रतियोगिताको पर्खाइ अर्काे महिना सकिँदै छ । नोभेम्बरमा कतारमा विश्वकप हुँदै छ । विश्वकप जति नजिक हुँदै छ, चर्चित खेलाडी चोटमुक्त हुन प्रतीक्षा गरिरहेका छन् । विभिन्न देशका खेलाडी युरोपियन...

थोरै प्रक्रिया पूरा गरेर जान सकिन्छ कतारमा विश्वकप हेर्न

काठमाडौं।पहिलो पटक खाडी मुलुकमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको खेलहरु कतारमै गएर हेर्न संसारभरका लाखौँ फुटबलप्रेमीले योजना बनाइरहेका छन्।फिफाले विश्वकपमा संसारभरका दर्शकका लागि एउटै नियम लागु गरेको छ।फिफाले तोकेको मितिमा अनलाईनबाट टिकट किन्नुपर्छ,त्यसका लागि फिफाको वेभसाइटमा गएर अनलाईनमा राखिएको फर्म भर्नुपर्छ। आवेदन दिएपछि तपाईंले टिकट किन्न पाउने हो कि होइन भन्ने कुराको निधो तपाईंलाई फिफाले गराउँछ ।