६६ वर्षे स्वीस नागरिक पक्राउ, फेसबुकबाट साथी बनाएर अप्राकृतिक मैथुनको आरोप

४ साउन, काठमाडौं । विभिन्न व्यक्तिलाई फेसबुकबाट साथी बनाउँदै अप्राकृतिक यौन दुराचार गरेको आरोपमा एकजना वृद्ध विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले किशोरहरुलाई म्यासेन्जरबाट साथी बनाएर होटलमा बोलाउँदै अप्राकृतिक यौन सम्बन्ध राख्ने गरेका थिए । यौन दुराचारको आरोपमा पक्राउ पर्ने स्वीस नागरिक पिटर क्रिश्चियन लानजेन्डोर्फ उमेरले वृद्ध हुन् । …