काठमाडौँ: सधैँ उनको झोलामा एक थान बाक्लो डायरी हुन्छ। फुर्सद मिल्यो कि कुनै न कुनै ठाउँ घुम्छन्। यात्राका क्रममा मन छोएको विषयको छोटोमा टिपोट गर्छन्। साँझ तिनै विषय मनमा खेलाउँछन्। त्यही डायरी खोल्छन् र टिपोटलाई बिस्तृतमा लेख्छन्। यो क्रम दुई दशकयता निरन्तर चलिरहेको छ उनको। देश होस् या विदेश, उनको साथबाट डायरी र कलम छुट्दैनन्ऽ ...