एमालेको नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकेका छन् । बैठकको सुरुवातमै सभामुखको आशन अगाडि पुगेर नाराबाजी थालेका एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका हुन् ।सभामुख सापकोटाले बाढी पहिरो, जनताका तत्कालका समस्याबारे अरु सांसदहरुले बोल्न खोजेको भन्दै नाराबाजी रोकेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे तर एमाले सांसदहरुले अवज्ञा गरे । आजको बैठकमा बजेटसम्बन्धी ३ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरिएको छ ।