संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवासँग जानकारी लिने

काठमाण्डाै - संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग जानकारी लिने भएको छ । बिहान सिंहदरबारमा बसेको समितिको बैठकले भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो । समिति सभापति पवित्रा निरौला खरेलकाअनुसार असार ५ गतेको बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय भएको छ । यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गरेको थियो । प्रधानमन्त्री देउवा असार दोस्रो हप्ता अमेरिका भ्रमणमा जाने तयारी छ...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीबाट संसदीय समितिको अपमान भयो : सभापति निरौला

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई छल्ने क्रमलाई निरन्तरता दिँदै आज अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा समेत अनुपस्थित भएका छन् । यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद छलेका थिए । प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा […]

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नजाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएका छैनन्। प्रधानमन्त्री देउवालाई आजको बैठकमा उपस्थित समितिले निर्देशन दिएको थियो। अमेरिका भ्रमण, एसपिपीलगायत विषयमा समितिकै सदस्यहरूले प्रश्न उठाएपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलाइएको थियो। समितिकी सभापति पवित्रा निरौलाले प्रधानमन्त्री देउवा बैठकमा नआउने जानकारी आएको बताइन्। समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाँण जाने सम्भावना छ। […]